काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघले आगामी आर्थिक बर्ष २०७८/ ७९को नीति तथा कार्यक्रम र बजेटमा वनलाई सम्वृद्धिको आधार बनाउने गरी बजेट विनियोजन गर्न माग गरेको छ ।
सामुदायिक वनबाटै मुलुकको आर्थिक सम्वृद्धि सम्भव भएको र त्यसले उपभोक्ताहरुको हित गर्नसक्ने भन्दै महासंघको ठहर छ ।
महासंघको सम्पन्न सचिवालय बैठकले नीति, कार्यक्रम र वजेटमा सामुदायिक वनलाई प्राथमिकता दिन माग गर्दै फेकोफनसहित सरोकारवालाहरुको सहभागितामा वनको दीगो विकासको योजना बनाउन बनाइ कार्यान्वयन गर्न पनि सरकारसँग माग गरेको छ ।
वन श्रोतको सही परिचालन र व्यवस्थापन गर्दै अघि बढ्दा मुलुकको सम्वृद्धि सम्भव छ, त्यसले सरकारले लिएको सम्वृद्धिको लक्ष्यलाई समेत मद्धत पुग्छ महासंघकी अध्यक्ष भारती पाठकले भन्नुभयो ।
महासंघको सचिवालय बैठकले संघीय वन नियमावली तत्काल बनाउन र वन कार्यालयहरु स्थानीय तह मातहतमा पुर्याउन पनि सरकारसँग माग गरेको महासचिव विर्खबहादुर शाहीले जानकारी दिनुभयो।
वैज्ञानिक वन मार्गदर्शन २०७१ खारेज गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै फेकोफनले वनको दिगो व्यवस्थापनको मापदण्ड बनाई तत्काल कार्यान्वयनमा ल्याउन सुझाव दिएको छ । वैज्ञानिक वन व्यवस्थापन कार्यविधि खारेज भएको अवस्थामा समेत अहिले पनि विभिन्न ठाउँहरुमा वन पैदावार कटान, उपयोग तथा विक्रिवितरणमा लगाईएको प्रतिवन्ध नहटाइएकोमा भने महासंघले आपत्ति जनाएको छ ।
महासंघका सचिव ठाकुर भण्डारीले भन्नुभयो, मन्त्रिपरिषद आफैले गरेको निर्णय कार्यान्वयन नहुँदा उपभोक्ताको हक अधिकार कुण्ठित त भएको छ नै, सरकारकै निर्णय कार्यान्वयनमा कर्मचारी संयन्त्रले कसरी आलटाल गर्छ भन्ने प्रष्ट भएको छ ।
महासंघले तेहेरो कर खारेज गर्न समेत माग गरेको छ । सचिवालय बैठक मार्फतमहासंघले आर्थिक सम्वृद्धीका लागी फलफुल, घास, जडीवुटी, वन्यजन्य खाद्य, गैरकाष्ठ र काष्ठजन्य विरुवाहरु रोपी वृक्षारोपण अभियान बर्ष सन्चालन गर्ने निर्णय समेत गरेको छ ।
वन डढेलोका क्रममा आगलागीमा र जंगली जनावरको आक्रमणमा परी मृत्यू उपभोक्ताहरूका लागि महासंघले गरेको विमा बापतको राहात रकम तत्काल उपलव्ध गराउन विमा कम्पनीसँग समन्वय गरिरहेको पनि फेकोफनकी कोषाध्यक्ष पार्वता गौतमले जानकारी दिनुभयो ।
यसै गरी देशमा कोभिडको महामारी दिन प्रतिदिन बढ्दै गएको अवस्थामा महासंघले सो को नियन्त्रणको लागि निम्नानुसार सचेतना जगाउने समेत अडान लिएको छ :
१. देश भरिको सामुदायिक वन उपभोक्ता समुह सचेत रहदै घर घरमा महामारीबाट बच्ने चेतना जगाउने
२. सामुदायिक वन उपभोक्ता समुह कवारेनटाइनको लागि छुट्याएको भवन ब्यबस्थापन गरि आबस्यकता अनुसार प्रयोग गर्ने
३ सामुहमा रहेका गरिब बिपन्न्लाइ वन श्रोत मा आधारीत आयआर्जन्को कार्यमा लगाउने
४.सबै तहका महासंघ संरचना र समुह परिस्थिति अनुसार तयारी अबस्थामा रहने