
जुम्ला । कोरोना महामारीको जोखिमबाट बच्न र सामाजिक सचेतना जगाउन सामुदायिक वन उपभोक्ता महासंघ जुम्लाले अभिमुखीकरण कार्यक्रम संचालन गरेको छ ।
जुम्लाको तिला गाँउपालिकामा आयोजना गरिएको अभिमुखिकरण कार्यक्रममा स्थानीय श्रोत परिचालक तथा सहजकर्तालाई कोरोना महामारीबाट स्थानीय उपभोक्तालाई जोगाउन सामाजिक दुरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, जनचेतना फैलाउने, अप्ठ्यारोमा परेकाहरूलाई राहत उपलब्ध गराउने जस्ता बिषयमा सहजीहरण गर्न प्रेरित गरिएको छ ।
यसैगरी महामारी बाहेक अन्य सम्भावित विपतबाट जोगिने, प्रकोप न्युनिकरण कार्ययोजनामा सघाउने र सामुदायिक वनका अन्य गतिविधिमा सहजीकरण गर्न पनि श्रोत परिचालकलाई जानकारी गराइएको छ ।
कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका जुम्ला जिल्ला अध्यक्ष गोकर्ण चोैलागाईले प्रशिक्षण दिनुभएको थियो ।
अभिमुखीकरण युयसएआईडिको तयार कार्यक्रम र फेकोफन अन्तर्गत आयोजना गरिएको थियो ।