संक्रमितको शव जलाउन बागलुङको रेशका सामुदायिक वनद्धारा दाउरा सहयोग अभियान शुरु

बागलुङ । संक्रमितको शव जलाउन निषेधाज्ञाको समयमा समस्या भएको भन्दै बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका सामुदायिक वनहरुले दाउरा सहयोग अभियान शुरु गरेका छन् ।

विपन्न तथा संक्रमितको शव जलाउना दाउरा खरिद निकै महङ्गो भएकाले रेशका ९ वटा सामुदायिक वनले आलोपालो दाउरा निरयघाटमा पु¥याउने अभियान शुरु गरेका छन् ।

अहिले शव जलाउन निरयाघाटमा ७ देखि ९ हजार सम्म रकम तिरेर दाउरा खरिद गर्दा संकटको घडिमा समस्या भएको भन्दै दाउरा खरिद गर्न नसक्ने मृतकका परिवारले निःशुल्क रुपमा दाउरा प्रयोग गर्ने गरी शव जलाउन सक्ने काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

“लामो समय सामुदायिक वनमा काम गर्दा वन पैदावरबाटै सामाजिक काम समेत गर्न अवाश्यक छ भन्ने बुझेको थिए” लामिछानेले भन्नुभयो “वनमा रुखहरु कुहियर जाने यहाँ विपन्न तथा संक्रमित भई मृत्यु भएका परिवारले चर्को मुल्यमा दाउरा खरिद गर्ने गरेकाले वडा कार्यालयको पहलमा निःशुल्क दाउरा दिने अभियान शुरु गरिएको हो ।”

लामिछानेका अनुसार शनिबार दुई ट्याक्टर दाउरा निरयघाटमा शव जलाउनका लागि तयारी अवस्थामा राखिएको छ । दाउराको माग अनुसार रेशका ९ वटै सामुदायिक वनले दाउरा दिने र वडा कार्यालयले ढुवानी गरी निरयघाट ल्याइनेछ । अभियानको शुरुवातमा रेश स्थित चित्रे सामुदायिक वनबाट दुई ट्याक्टर दाउरा निरय घाट पु¥याइएको हो ।

एक ट्याक्टर दाउराले चार देखि पाँच शव जलाउन मिल्नेछ । बन्दाबन्दीमा थोरै मलामी हुदा दाउरा किन्नुपर्ने मृतकका परिवारमा बाध्यता छ । कोरोना महामारीमा ज्यान गुमाएको समयमा उल्टैै महङ्गो दाउरा किनेर शव जलाउनु पर्ने भएकाले समस्या भएपछि दाउरा सहयोग गर्ने अभियान थालिएको हो । कोरोना महामारी रहुन्जेल दाउराको समस्या हुँन नदिइने लामिछानेले बताउनुभयो । आदर्श अनलाइनबाट

प्रकाशित मिति : 16 मे 2021, आइतवार
प्रतिक्रिया दिनुहोस