फेकोफनद्वारा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण

काठमाण्डोै । कोरोना महामारीले अत्याईरहेको बेला बिरामीको उपचारमा सघाउने उद्देश्यले सामुदायिक वन उपभोक्ता महासंघ नेपालले लुम्विनी प्रदेशको दाङका अस्पतालका लागि स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको समन्वय र सहकार्य तथा सामुदायिक वन उपभोक्ता समूहहरु र ग्रिन फाउण्डेशन नेपालको संयुक्त सहयोगमा स्वास्थ्य उपकरणहरु होम अक्सिजन कन्सन्ट्रेटर दाङको तुल्सीपुर मेट्रो अस्पताल र तुल्सीपुर कोरोना आइसोलसन अस्पताललाई हस्तान्तरण गरिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका केन्द्रीय उपाध्यक्ष भीम प्रकाश खड्काले उक्त सामाग्री तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई हस्तान्तरण गर्नुभएको हो ।

फेकोफनले कोभिड नियन्त्रण र उपचार तथा राहतका लागि जिल्ला तथा स्थानीय स्तरमा देशैभर विभिन्न सहयोग गर्दै अाएको छ ।

देशभरका १४ सय सामुदायिक भवनहरू प्रयोगदेखि अहिले शव दाहसंस्कारका लागि अत्यावश्यक स्थल र दाउराको व्यवस्थापनमा समेत महासंघले काम गरिरहेको महासचिव बिर्खबहादुर शाहीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 19 मे 2021, बुधवार
प्रतिक्रिया दिनुहोस