कोरोना नियन्त्रणमा फेकोफन कञ्चनपुर सक्रिय

सामुदायिक वन उपभोक्ता महासंघ कन्चनपुर र जिल्लाको भिमदत्त नगरपालिका भित्रका सामुदायिक वनले जिल्लामा कोभिड महामारी नियन्त्रण र शव व्यवस्थापनमा सघाएका छन् ।

कोभिड १९ संकट व्यवस्थापन समन्वय तथा निर्देशन समितिको बैठकद्धारा गठित दाउरा व्यवस्थापन समितिमा पनि फेकोफनले सहयोग गरेको छ ।

जिल्ला वन कार्यालयका जिल्ला वन अधिकारीसँग समन्वय बैठक र जिल्ला वन कार्यालयबाट वन पैदावार आपुर्ति समितिले निर्धारण गरेको न्युनतम शुल्कमा तथा समुहहरूले निशुल्क समेत दाउरा उपलब्ध गराएका छन् ।

कोभिडद्धारा मृत्य व्यक्तिको शव अन्त्यष्ठी कार्यमा दाउरा उपलब्ध गराउदा धेरै सहयोग पुगेको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ कञ्चनपुरको समन्वयमा भीनपा- ९ मा अवस्थित सिद्धनाथ सामुदायिक वन उपभोक्ता समिति र वेदकोट नगरपालिका वडा नम्बर ५ मा रहेको बछेला सामुदायिक वन उपभोक्ता समिति साथै भिनपा-१० मा अवस्थित शान्ती सामुदायिक बन उपभोक्ता समितीले एक/एक ट्याक्टर दाउरा काठ उपलब्ध गराउने पनि प्रतिवद्दता जनाएका छन् ।

दाउरा ब्यवस्थापनलाई प्रभावकारी बनाउन समितिले शुक्लफाटा मध्यवर्ती ब्यवस्थापन समितिसँग समन्वय गरेको र सो कार्यालय बाट पनि सकारात्मक प्रतिकृया प्राप्त भएको छ ।

काभिड नियन्त्रण तथा संक्रमणबाट मृत्य व्यक्तिहरुको शव व्यवस्थापनमा सहज होस भनेर फेकोफनले निरन्तर सक्रयतापुर्वक काम गरेको फेकोफन जिल्ला अध्यक्ष लक्ष्मी साउदले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 23 मे 2021, आइतवार
प्रतिक्रिया दिनुहोस