वन संरक्षण र सामाजिक समावेशीकरण अभियानमा सहकार्य आवश्यक

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २६ ओैं स्थापना दिवस सप्ताहव्यापी कार्यक्रम सहित मनाईरहेको छ । २०५२ जेठ १८ गते महासंघ स्थापना भएको थियो । त्यही दिनको अवसर पारेर महासंघले वृक्षारोपण,अन्तरकृया, छलफल गरिरहेको छ । आज सोमबार आयोजित समुदायको अधिकार र वन संरक्षणमा पुरूष अभियन्ताको सहभागिता र योगदान विषयक छलफलमा महासंघकी अध्यक्ष भारती पाठकले सामाजिक समावेशीकरण समुदायको अधिकार स्थापना र सबैखाले हिंसा अन्त्यका लागि महिला र पुरूष सहकार्य आवश्यक हुने बताउनुभयो।


वन मन्त्रालयकी सहसचिव राधा वाग्लेले सामुदायिक वन उपभोक्ता समूह र महासंघ मार्फत महिला नेतृत्व विकास हुनु गोैरवको विषय भएको बताउनुभयो । उहाँले सामाजिक समावेशीता र महिला नेतृत्वलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोडदिनुभयो ।

संरक्षणमा महिलाहरूको योगदान महत्वपुर्ण रहेको बताउँदै उहाँले महिलाहरू अझै पनि असुरक्षित रहेको महशुस हुने गरेको उल्लेख गर्नुभयो ।

पुरूषहरूले संरक्षण अभियानमा थप भुमिका खेल्नसक्ने बताउँदै उहाँले सहकार्यमा जोडदिनुभयो ।

हरियो वनकी मनोरमा सुनुवारले जैविक विविधताका चुनोैती कम गर्दै अघि बढ्न र लैङ्गिक असमानता घटाउँदै अघि बढ्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा फेकोफनका उपाध्यक्ष भिमप्रकाश खड्का, महासचिव बिर्खबहादुर शाही, सचिव ठाकुर भण्डारी,  वन मन्त्रालयका सहसचिव प्रकाश लम्साल, हरियो वन कार्यक्रमका प्रमुख डा. शान्तराज ज्ञवाली, केयर नेपालका सन्देश सिंह हमाल, फेकोफनका डोलकुमारी सापकोटा,  मोहमद कर खाँ, सरिता कुमाल,  दोव बहादुर कार्की, दुर्गाप्रसाद पोैडेल, लगायतले बोल्नुभएको थियो ।

प्रकाशित मिति : 31 मे 2021, सोमवार
प्रतिक्रिया दिनुहोस