
काठमाण्डोैं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले सामुदायिक वन विकास कोषको घोषणा गरेको छ ।
महासंघको २६ ओैं स्थापना दिवसको अवसरमा जेठ १८ गते मंगलवार कोषको घोषणा गरेको हो।
उक्त कोषबाट सामुदायिक वन संरक्षण, सम्वर्दन तथा वनको दिगो व्यवस्थापनमा सक्रिय, गरीब तथा विपन्नलाई सहयोग गरिने फेकोफनकी अध्यक्ष भारती पाठकले जानकारी दिनुभयो ।
कोषमा पहिलो दिन प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्रले एक लाख र महासंघका केन्द्रिय सदस्य ढालबिक्रम कार्कीले दस हजार रूपैंया दिने घोषणा गर्नुभएको छ ।
कोषलाई बिस्तार गर्दै लगिने र अरूबाट पनि कोषमा सघाउने आश्वासन प्राप्त भएको पनि अध्यक्ष पाठकले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 1 जुन 2021, मङ्गलवार