महासंघद्धारा वन तथा भूमाथिको स्वामित्व र अधिकार विषयक अन्तरकृया  कार्यक्रम

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहब्यापी कार्यक्रम अन्तरगत छैटौं दिन सरोकारवाला पक्ष संग आज वन भूमाथिको स्वामित्व र अधिकार विषयक अन्तरकृया कार्यक्रम सम्पन गरेको छ ।

कार्यक्रममा स्थानीय समुदायको वन र भूमाथिको स्वामित्व तथा अधिकारका विषयमा FAO का डा. गंगाराम दाहाल, भूमि ब्यवस्थापन प्रशिक्षण केन्द्रका गणेश प्रसाद भट्ट, तुलसिपुर उपमहानगर पालिकाका प्रमुख घनश्याम पाण्डे, राष्टिय भूमि अधिकार मञ्चका सरस्वती सुब्वा र सिपे्रटका डा. पासङ डोल्मा शेर्पाले प्रस्तति गर्नुभएको थियो ।

प्रस्तुतिकरण भएका विषय माथी डां केशब कडेल, प्रकाश लम्साल, जोगराज गिरी, भूवन गिरी लगाएत अन्य विज्ञ तथा सरोकारवाला सहभागिहरुले आफ्ने बिचार ब्यक्त गर्नुभएको थियो । कार्यक्रमका सहभागीहरुले समुदायलाई आत्मनिर्भर बनाउनका लागि भूस्वामित्व पनि समुदायलाई नै दिनु आवश्यक रहेको बताएका छन ।

आदिबासी जनजाती प्रकृतिका पुजक रहेकाले जसको सवाल उसैको नेतृत्व हुनुपर्ने बताईएको छ । राज्यसंग अधिकार मागेर पाईदैन संघर्ष गर्नुपर्ने वताउदै जिम्वेवारी संगसंगै अधिकार पनि दिनुपर्नमा सहभागिहरुले जोड दिएका छन ।

 

हाल सरकारी जमिन भूमाफियाको नियन्त्रणमा रहने गरेको र आफनो स्वार्थ अनुकुलको प्रयोगमा रहेको बताउदै भूमि र वन माथिको अधिकार सरकारले स्थानीय सरोकावाला पक्षलाई दिनुपर्ने साथै प्रथाजनित वनलाई आदिबासी जनजाति संग समन्वय गरेर सामुदायिक वनमा परिवर्तनको संवाहक वनाउनुपर्ने वताउदै त्यसका लागि संघ, प्रदेश र स्थानिय सरकारले नीतिगत तथा कानूनगत रुपमा नै यसलाई कार्यन्वयन गर्नुपर्ने सहभागिहरुले बताएका छन ।

सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज छैठौं दिनको कार्यक्रम समापनमा बोल्दै सामुदायि वन उपभोक्ता महासंघका अध्यक्ष भारती पाठकले आज सम्म भएका छलफल लाई नीतिगत रुपमा लैजानु आवश्यक रहेको बताउदै यसको लागि आफुले हर तरहले लागिपर्ने वताउनुभयो । विशेष गरेर जल, जंगल र जमिन संरक्षणमा नागरिकको भूमिका अतुलनिय भएको वताउदै अधिकार पनि दिनुपर्ने बताउनुभयो । कार्यक्रममा सरकारी, गैरसरकारी संघसंस्थाका विज्ञ, जिल्ला र प्रदेश महासंघका प्रतिनिधिहको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : 4 जुन 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस