
काठमाडौं : सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी केन्द्रिय अध्यक्ष भारती पाठकले मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा)को अवसरमा सम्पूर्ण मुसलमान समुदायमा शुभ कामना दिनुभएको छ ।
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) को अवसरमा केन्द्रिय अध्यक्ष भारती पाठकद्धारा जारी शुभकामना सन्देशमा भनिएको छ “विभिन्न जातजाति, धर्म, संस्कृतिले नै नेपालीलाई एकताको सुत्रमा गाँसेको छ । सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् । बकर इदको पानवन अवसरमा समस्त दिदिबहिनी दाजुभाइहरुमा हार्दिक मुबारक तथा शुभकामना व्यक्त गर्दछु ।”
कोभिड महामारी अझै कायम रहेकाले यसबाट बच्नका लागि स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगता र सुरिक्षतका साथ मनाउन केन्द्रिय अध्यक्ष भारती पाठकले सबैमा अनुरोध गर्नुभएको छ ।