सामुदायिक वन दिवस कार्यक्रम सप्ताहब्यापी रुपमा सुरु

काठमाडौं।सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले सामुदायिक वन दिवसका अवसरमा साप्ताहिक कार्यक्रम सार्वजनिक गरेको छ । महासंघले श्रावण २० देखी २६ गते सम्म सप्ताहब्यापी कार्यक्रम अन्र्तगत आज पत्रकार सम्मेलनको आयोजना गरी यस वर्ष “सामुदायिक वनको सम्पत्ति : समृद्धि, प्रकृति र सस्ंकृति” भन्ने नाराका साथ सम्पन्न हुदै छ ।

सवै संचार क्षेत्रका पत्रकारहरुको उपस्थितिमा भर्चुअल मार्फत वोल्दै महासंघका अध्यक्ष भारती पाठकले वन संरक्षणमा सामुदायिक वन उपभोक्ता समूहले पुराएको योगदानको चर्चा गर्नु भयो, सामुदायिक वनका कारण स्थानीय समुदायले आफ्नो संस्कृति र परम्परागत एवं प्रथाजनित मूल्य मान्यताका आधारमा वन संरक्षणमा उल्लेखनीय योगदान गर्दै आएको बताउनुभयो ।

नेपालमा सामुदायिक वनको अवधारणा अवलम्बन गर्नुपूर्व वन व्यवस्थापनका लागि विभन्नि विधि, पद्धत्ति र प्रणालीको अभ्यास, प्रयास र प्रयोग भएता पनि निरन्तर रुपमा वन विनास भईरहेको स्मरण गर्दे आजसम्म आइपुग्दा सामुदायिक वनका माध्यमबाट वन तथा वातावरण र जैविक विविधताको संरक्षणका साथै सामुदायिक विकास र उद्यम विकासका माध्यमबाट जीविकोपार्जन र समृद्धिमा समेत योगदान हुँदै आइरहेको बताउनु भयो ।

विगत ५ दशकको अवधीमा नेपालमा अवलम्बन गरिएको सामुदायिक वन अभियानले विभिन्न आरोह अवरोहहरु पार गर्दै आएको बताउदै अध्यक्ष पाठकले सामुदायिक वन उपभोक्ता समूहहरुले नेपालको वन व्यवस्थापनमा एक जिम्मेवार, सशक्त, समावेशी, सुशासनयुक्त र लोकतान्त्रिक नागरिक समाजको रुपमा आफूलाई स्थापित गराउन सफल भएका स्पष्ट पार्नुभयो ।

सामुदायिक वन उपभोक्ता समूहले कोरोना भाइरसका कारण भएको गत वर्षको लकडाउन र यस वर्षको निषेधाज्ञाबाट प्रभावित विपन्न तथा गरिव र सिमान्तकृत एवं बेरोजगार परिवारका लागि खाद्यान्न राहत तथा स्वास्थ्य सामग्रीहरु उपलब्ध गराईएको, संक्रमितहरुलाई क्वारेन्टाइनका लागि सामुदायिक भवनहरु उपलब्ध गराउइएको, स्थानीय सरकार मार्फत राहत कोषमा आर्थिक सहयोग उपलब्ध गराएको र प्राकृतिक प्रकोपबाट प्रभावित परिवारहरुलाई सहयोग गर्ने र प्रकोप जोखिम न्यूनीकरण र व्यवस्थापनका कार्यमा समेत उल्लेखनीय कार्यहरु गर्दै आएको जानकारी गराउनु भयो ।

हाल देशभर २२,४४५ सामुदायिक वन उपभोक्ता समूहले २२,३७,६७० हेक्टर सामुदायिक वन व्यवस्थापन गर्दै आएका छन्, जसमा २९,०७,८७१ घरधुरीहरु संलग्न रहेको बताउदै सामुदायिक वनका असल अभ्यास, सिकाई र योगदानहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत आदान प्रदान गर्न र आगामी गन्तव्य तय गर्नमा मद्धत मिल्ने अपेक्षा समेत गर्नुभयो ।

२०३० साल श्रावण २५ गते सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानी उक्त दिनलाई सामुदायिक वन दिवसको रुपमा मनाइदै आएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघले सप्ताहव्यापी रुपमा गर्ने कार्यक्रम

सप्ताहव्यापी कार्यक्रमको कार्यतालिका
क्रस मिति कार्यक्रम
१ २०७८।४।२० पत्रकार सम्मेलन सामाजिक संजालमा सामुदायिक वनका नाराहरु प्रवाह गर्ने
२ २०७८।४।२१ समाजवादी अर्थव्यवस्था निमार्ण र समृद्धिमा सामुदायिक वनको भूमिका विषयक दुरसंवाद कार्यक्रम
३ २०७८।४।२२ सामुदायिक वनको दिगो व्यवस्थापन, वन उद्यम विकास र हरित रोजगारी प्रर्वधन विषयक दुरसंवाद कार्यक्रम
४ २०७८।४।२३ जलवायू न्याय र स्थानिय लोकतन्त्रको सुद्धिढीकरणमा सामुदायिक वनको भूमिका विषयक दुरसंवाद कार्यक्रम
५ २०७८।४।२४ संघियता, सामुदायिक सम्पत्ती हक र लैङ्गिक समानताका लागी सामुदायिक वनको भूमिका र योगदान विषयक दुरसंवाद कार्यक्रम
६ २०७८।४।२५ सामुदायिक वनको ऐतिहासिक पूष्ठभूमी र आगामी गन्तव्य
वृक्षारोपण अभियान
सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको गित विमोचन
७ २०७८।४।२६ सामुदायिक वन विकासमा सामmेदारहरुको भूमिका विषयक अन्तरक्रिया

प्रकाशित मिति : 4 अगस्ट 2021, बुधवार
प्रतिक्रिया दिनुहोस