सामुदायिक वन दिवसका अवसरमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार समारोह सम्पन्न

सामुदायिक वन दिवसका अवसरमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार समारोहमा आयोजना गरी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा वन तथा वातावरण सचिव डा. पेमनारायण कण्डेलले सामुदायिक वनको सफलता सवैकालागी अनुकरणीय भएको वताउनु भयो ।

नेपालको वन ब्यवस्थापनको बुझाईमा परिवर्तनको ल्याएको वताउदै वन क्षेत्रवाट उद्यम संचालन गर्दे रोजगारिका अवसर वढाउनु पर्ने बतउनुभयो । सामुदायिक वन संरक्षण सम्वर्धनमा अव्वल भैसकेको अवका दिनमा उत्पादनमा जोड दिनु पर्ने वताउनु भयो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपालका अध्यक्ष भारती पाठकले सरकारले नीति कार्यक्रम तथा वजेट बनाउदा सामुदायिक संगठनलाई बलियो बनाउने, वन ब्यवस्थापनलाई ब्यवस्थित तुल्याउने तथा सामुदायिक वनको नाममा समेत बजेट छुट्याउनुपर्ने बताउनुभएको छ ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष पाठकले वन बचाउने, ब्यवस्थापन गर्ने समुदायले गरेकोले उत्पादन र संरक्षण गर्नेले नै जंगलबाट फाईदा लिनुपर्ने बताउनुभयो । राज्यले श्रोत, साधनमा विपन्न, दलित, आदिवासी जनजाति, मधेसी, महिला, पिछडीएका वर्गको सक्रिय सहभागिता र अधिकार सुनिश्चित गर्नुपर्ने वताउनुभयो ।

कार्यक्रममा वोल्दै अर्थ मन्त्रालयका सचिव प्रकाश लम्सालले डेढ करोड भन्दा वढी जनता सामुदायिक वनमा आवद्ध रहेको बताउदै नेपालको सामुदायिक वनले अन्तराष्ट्रि«य माान्यता पाएको बताउनुभयो ।

यस वर्ष सामुदायिक वन दिवस २०७८ “सामुदायिक वनको सम्पत्ति : समृद्धि, प्रकृति र सस्ंकृति” मुल नारा सहित सम्पन्न भएको छ ।

प्रकाशित मिति : 11 अगस्ट 2021, बुधवार
प्रतिक्रिया दिनुहोस