फेकोफन स्थायी समिति सदस्य सविना राईको निधन, महासंघद्वारा शोक प्रकट

काठमाण्डौ । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालकी स्थायी समिति सदस्य सविना राईको ३७ वर्षको उमेरमा निधन भएको छ । उहाँको उपचारका क्रममा बुधबार निधन भएको हो ।

सामुदायिक वन उपभोक्ता समूह हुँदै महासंघको जिल्ला र केन्द्रसम्म प्रभावकारी भुमिका निर्वाह गर्दै आउनु भएकी राईको निधनप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।

महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकले जिल्ला समन्वय समिति भोजपुरकी सदस्य, सामाजिक अभियन्ता तथा वन अभियानकर्मी नेतृ राईको दुःखद् निधनले सिंगो प्राकृतिक श्रोत तथा सामाजिक रूपान्तरणको आन्दोलनमा अपुरणीय क्षति पुगेको बताउनुभयो।

महासंघले शोक वक्तव्य जारी गर्दै सामुदायिक वन अभियानकी अथक नेतृ एक असल, इमान्दार, सहयोगी, निष्ठावान वन अभियानकर्मीको दुःखद निधनले मर्माहत बनाएको उल्लेख गरेको छ । एक अब्बल, अभियानकर्मी राईको निधनले सामुदायिक वन अभियान र महासंघलाई अपुरणीय क्षति पुगेको उल्लेख गर्दै दिवङ्गत आत्माको चीरशान्तिको कामनाका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

स्वर्गीय राईका श्रीमान रएक छोरी छन् ।

प्रकाशित मिति : 18 अगस्ट 2021, बुधवार
प्रतिक्रिया दिनुहोस