प्रदेशकै नमुना कृषि गाँउ

काठमान्डाै । भरबाट तल्लो कुँडुलेलाई मुख्यमन्त्री नमुना कृषि गाउँका रुपमा विकास गर्न छनोट भएकोमा सबै उपभोक्ता खुसी हुनुहुन्छ । यो महत्वपूर्ण उपलब्धी र उत्साहको कुरा हो ।’ खानेपानीको अभावकाबीच पनि चिप्लेटी सामुदायिक वनका उपभोक्ताले मौसमी तथा बेमौसमी तरकारी खेती गरेर आयआर्जनको विकल्प रोजेकाले २०७१ सालदेखि नै हो ।

जलवायु परिवर्तन अनुकुलन योजना अन्तर्गत संरक्षण पोखरी, पानीको मुहान संरक्षण तथा मर्मत, ट्याङ्की निर्माण, धारा मर्मत लगायतका विभिन्न कार्यहरु गरिएका छन् । तरकारी खेती सम्वन्धी विभिन्न्न तालिम तथा गोष्ठी र घुम्तीकोषको रुपमा रकम परिचालनले द्दढ उपभोक्ता उत्साही भएका हुन् ।

पानीको अभाव कम गर्न उपभोक्ताले सिंचाईका लागि आकाशे पानी संकलन गरेर प्रयोग गर्ने विधि अपनाएपछि झन सजिलो भएको छ । उपभोक्ताको निरन्तरको मेहनत र लगनले गाउँमा धेरै परिवर्तन आएको छ । चिप्लेटी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दिपेन्द्र सुवेदीका अनुसार सिंचाईको व्यवस्था नहुँदा, अर्गानिक तरकारीको बारेमा प्रयाप्त जानकारी नहुँदा, रोगव्याधी तथा विभिन्न कारणले उत्पादन कम हुँदा र उचित बजार मुल्य नपाउँदा पनि उपभोक्ताले तरकारी खेती गर्न छाडेनन् ।

त्यसमा वनको उपभोक्ता समुहले समेत सघायो । समुदायको लगनशीलता र परिश्रम गर्ने बानी देखेर नै गण्डकी प्रदेश सरकारले तल्लो कुँडुलेलाई २०७५ सालमा नमुना कृषि गाउँका रुपमा छनोट गरेर प्रोत्साहन दिएको छ । सामुदायिक वन उपभोक्ता समुहकी सचिव यशोदा पौडेल भन्नुहुन्छ– ‘पानीे उपलव्ध भएसँगै तरकारी खेतीमा लागेका उपभोाक्ताले घरखर्चको लागि अरुसँग निर्भर हुनपरेको छैन् ।’ नमुना कृषि गाउँमा छनोट भएपछि तीस लाख रुपैँया सहयोग भएको छ ।

त्यसबाट तल्लाको कुँडुलेका ६५ घरधुरी लाभान्वित हुनेछन् । उक्त रकम सिंचाई, लिफ्टिङबाट पानी तान्ने, फलामको टनेल निमार्ण, भकारो सुधार, माछापालनको लागी पोखरी निमार्ण, सरसफाई, पुष्पखेती जस्ता कार्यमा लगानी हुनेछ । सहयोग अनुसार धेरैजसो काम भैसकेको छ भने केही जारी छन् ।

गण्डकी प्रदेशबाट ५ वर्षे नमुना कृषिगाउँ विकास कार्यक्रमका लागि हरेक बर्ष विनियोजित रकम दिँदै जाने कार्यक्रम छ । त्यसले किसानलाई प्रोत्साहन मिल्नेछ भने आयआर्जनमा बढोत्तरी हुनेछ् । सामुदायिक वनमा लाग्दा वन जोगाउने र घाँस दाउरा प्रयोगको मात्रै अपेक्षा गरेका स्थानीय उपभोक्ता अहिले आफ्नो आर्थिक अवस्थामा सुधार र गाउँ नै नमुनाका रुपमा विकास हुँदा दंङ्ग छन् ।

यसरी उपभोक्ताहरुको गतिविधिले महिलामा जागरण आउन सक्यो भने कल्पना नै नगरिएको परिवर्तन सम्भव छ भन्ने उदाहरण चिप्लेटी सामुदायिक वनले देखाएको छ । अहिले पनि यहाँ डाँडाको बस्ती पुग्न लागेको संकेत बारीका पाटा र घरघरकै छेउमा लहलह फलेका तरकारी, टनेलमा लटरम्म पाकेका गोलभेंडा, खुर्सानी, काउली–वन्दाकोभी र अन्य सागपात लगायतका तरकारीबाट थाहा हुन्छ ।

घरैपिच्छे गाई वा भैंसी पालन र घण् गोबरग्यास बालेर निस्किएको मलले तरकारी र खान्कीले फस्टाएका पशुहरुको स्वरुपले यहाँको मेहनतलाई प्रष्ट्याउँछ । महिलाहरुले बनाएको सामुदायिक भवन भेला, बैठकहरु गर्न मिल्ने गरी बनाइएको छ । वन संरक्षणमा पनि उनीहरु उत्तिकै सक्रिय छन् ।

सामुदायिक वनको कटनी छटनी र वृक्षारोपणका बेला महिलाले वन नै ढाकिन्छ । सामुदायिक वनले सिकाइ केन्द्र संचालन गरेपछि त्यसले अचम्मै ग¥यो । १६ हप्तासम्म २८ जना महिलाले तालिम पाएपछि उनीहरुमा आमुल परिवर्तन देखिएको छ ।

चिप्लेटी सामुदायिक वनका १६३ घरधुरीको भेला डाकेर सदस्यहरुको सम्पन्नताको वर्गीकरण गरेर अन्य आयआर्जनमा पनि लगानी गरिएको छ । समुहका अध्यक्षले भन्नुभयो–निम्न वर्गका छानेर निव्र्याजी ऋण दिएका छौँ । त्यसपछि अरु विपन्नले यस्तै ऋण पाउँछन् ।

समुहले सघाएपछि उपभोक्ताले कुखुरापालन, भैँसीपालन बाख्रापालन गरेर राम्रो आम्दानी गरेका छन् । उनीहरुको जीवनस्तर सुधारिएको छ ।’ ऋण लिने बाहेक समूहका अरु सबै सदस्य मिलेर सामुहिक खेती गर्छन् ।

खुर्सानी, केराउ, अदुवाबाट पनि प्रसस्तै फाईदा लिएका छन् । त्यसैले पनि उनीहरुलाई मौसमी तथा बेमौसमी तरकारी खेती गर्न हौसला मिलेको छ । प्रदेशकै नमुना कृषि गाउँका रुपमा विकास गर्न स्थानीय उपभोक्ताले धेरै मेहनत गरेका छन् ।

त्यही परिश्रमले सफलताको बाटोमा समेत अघि बढाएको छ । समुदायको आधारभूत आवश्यकता तथा अधिकार हननका सवालहरु पहिचान गरी बंचितिकरणमा परेका वर्गको अगुवाइमा तिनकै सशक्तिकरण र रुपान्तरणका लागि समुदायस्तरमा स्थापना गरिने सिकाइ तथा कार्य केन्द्र नै सिकाइ केन्द्र हुन् ।

औपचारिक तथा अनौपचारिक स्थलमा विपन्न तथा सिमान्तकृत समुदायका आवश्यकता पहिचान गरी प्राप्तिका लागि तालिमले धेरै ज्ञान दिएको छ । सामाजिक विभेद विरुद्ध जागरुक बनाउँदै जैविक विविधता संरक्षण, दिगो व्यवस्थापन, जलवायु परिवर्तन अनुकूलन, लैंगिक समानता, सामाजिक समावेशीकरण तथा आन्तरिक सुशासनसहित स्थानीय समुदायमा आयमूलक तथा रोजगारी अभिवृद्धि गर्ने र सिप योजना वनाउँदै त्यसलाई कार्यान्वयन गर्न महत्वपूर्ण योगदान पुगेकोले नै चिप्लेटी सामुदायिक वनले उपभाक्तालाइ परिर्वतन गराउन सफल भएको हो ।

प्रकाशित मिति : 29 अगस्ट 2021, आइतवार
प्रतिक्रिया दिनुहोस