पोखरामा लैङ्गिक हिंसा बिरुद्धको कार्यक्रम सम्पन्न

कास्की। सामुदायिक बन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेश महासंघ, जिल्ला महासंघ कास्की, पोखरा स्थानीय नगर महासंघ,र पोखरा महानगरपालिका वार्ड न २४ को सहकार्यमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत १३ औ दिनको अजशरमा एक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

गण्डकी प्रदेशका माननीय मित्र कुमारी गुरुङ सुबेदिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सबै सहभागीहरुले म हिंसा गर्दिन, हिंसा भएमा प्रतिबाद गर्दछु भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

वडा कार्यालयको सभहलम सप्पन्न छलफलमा केन्द्रिय सदस्य हरि बास्तोला, सरिता कुमाल, गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदी सदस्य लक्ष्मी सुवेदी, जिल्ला अध्यक्ष बिश्वनाथ लामिछाने, महानगर अध्यक्ष  कमलमणी त्रिपाठी, अन्नपुर्ण अध्यक्ष अनन्तराज अधिकारी, माछापुच्छ्रे अध्यक्ष चुडामणी अधिकारिले समेतले लैङ्गिक हिंसा अन्त्य गर्न स्वयम् व्यक्ति नै परिवर्तन हुन पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्ष ओम प्रसाद सुवेदी, महानगर कार्यपालिका सदस्य एबम निजि पारिवारिक बन संघका गण्डकिका सचिब सन्तु सुबेदिले मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको ब्यबस्थापन वडा कार्यालयबाट भएको थियो ।

वडा न २४ अन्तरगतका सम्पुर्ण सा ब अध्यक्ष सहित महिला दिदी बहिनिको राम्रो उपस्थिति रहेको थियो सोही अवशरमा सा ब सदस्यता नवीकरण गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता वडा महासंघका अध्यक्ष इन्दिरा सुवेदी, संचालन जिल्ला महासंघ कास्की सचिब पार्बती सुबेदिले गर्नु भएको थियो ।

संगठन, हिंसाका बिषयमा छलफल केन्द्रीत भयो भने प्रमुख अतिथी गुरुङ्ग्ले फेकोफोनको सिको पार्टी र सरकारले गरे लैङिगक समनतामा बल्ल पुगिन्छ भन्नेमा जोड दिनु भयो ।

प्रकाशित मिति : 8 डिसेम्बर 2021, बुधवार
प्रतिक्रिया दिनुहोस