सामुदायिक वन उपभोक्ता महासंघ नेपालको सातौं राष्ट्रिय कार्य समितिको बैठक २०७८ फाल्गुण ८ र ९ गते भक्तपुर बोडेमा

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालले राष्ट्रिय कार्य समितिको सातौं बैठकमा महत्वपूर्ण छलफल र निर्णयहरु गरिने छ । सामुदायिक वन अधिकार कटौती गर्ने गरी तयार गरिएको संघिय वन नियमावली, प्रदेश वन ऐन, संरक्षित क्षेत्र विस्तारको विरुद्धमा माघ महिना भरि संचालन भएका आन्दोलनको समिक्षा गर्दै आगामी योजना सार्वजनिक गर्नेछ । साथै आबधिक निर्वाचनको बिषयमा महासंघले व्यापक छलफल गरी महत्वपूर्ण निर्णय लिइने छ ।

साथै, महासंघको सांगठनिक गतिविधि, सवालगत छलफल, महासंघको आगामी कार्ययोजना, स्थानीय तहको आवधिक निर्वाचन तथा आगलागी नियन्त्रणको बिषयमा सचेतनामूलक अभियान संचालन गरी सामुहिक अग्नी विमा प्रभावकारी बनाउने लगायतका महत्वपूर्ण बिषयमा छलफल गरी निर्णयमा पुग्ने बिषयमा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष भारती पाठक बताउनु हुन्छ ।

प्रकाशित मिति : 19 फेब्रुअरी 2022, शनिवार
प्रतिक्रिया दिनुहोस