विद्युतीय चुलो वितरण

सुर्खेतको भैरव सामुदायिक वन ले समुहमा आवद्ध उपभोक्तालाई सहयोग स्वरुप विद्युतीय चुलो वितरण गरेको छ । विरेन्द्रनगर नगरपालिका वडा नंम्वर ४ मा रहेका ७८ घर धुरीलाई चुलो वितरण गरिएको समुहका अध्यक्षले बताएका छन । यो कार्य निरन्तर सञ्चालन गरेर सवै घरधुरीमा उपलब्ध गराउने लक्ष्य रहेको उनले बताएका छन ।

विधुतीय चुलो वितरण पछि यस कार्यबाट आफ्नो जिबिको पार्जनमा थप सहयोग पुग्ने बताएका छन् । यस सामुदायिक वनले विगतमा पनि आफ्ना उपभोक्ताहरुलाई सहयोगका विभिन्न सामाग्रीहरु नितरण गर्दे आइरहेको छ । नेपालभर छरिएर रहेका झण्डै २२००० सामुदायिक वन वाट सञ्चालित उद्यमबाट सयौ ब्यक्तिले रोजगारी श्रीजना गर्नुका साथै लाखौ मानिसले आवसर प्राप्त गरेका छन ।

प्रकाशित मिति : 8 मे 2023, सोमवार
प्रतिक्रिया दिनुहोस