
नारायण ज्ञवाली-
पहाड डाँडा,पाखा पखेरा हरियाली छाउँछ
वन संरक्षण र पर्यावरणले , आनन्द आउँछ
सामुदायिक वन बनेको छ विश्वमै नमुना
जनताकै श्रम, आशा र देखिन्छ सृजना ॥
गाउँगाउँमा हुर्कन्छ रूख बिरुवा सारा
समृद्धि ल्याउँछ,यसले , भएको हराभरा
सङ्गठन, योजना, सहभागिता बलियो
समुदायको बलले वन जंगल जोगियो ।।
स्थानीय सरकार, संस्थाको जनशक्ति
सबैले गरेको छ प्रयास र सच्चा भक्ति
श्रावण महिनामा वन दिवस आयो
सहभागिता गरौं” भन्दै नारा गुञ्जायो ।।
वनले दिन्छ है , सन्तुलित पर्यावरण
सामाजिक, आर्थिक विकासको वातावरण
वन संरक्षण हाम्रो धर्म, यो देशको शान
सामुदायिक वन हाम्रो गौरव, हाम्रो पहिचान ।।
विरुवा रोपौ संरक्षण गरौं , बढाउँ रुख
वन उद्यमवाट आय आर्जन बढाई हटाउ दुख
नयाँ हुर्काउ , पुराना काटौं , यहि छ है भावना
सामुदायिक वनलाई , लाखौ लाख शुभकामना ॥
२०८२/४/२३
प्रकाशित मिति : 9 अगस्ट 2025, शनिवार