
काठमाण्डौ भदौ २१ – सोमबार देखि दक्षिण अफ्रिकाको डर्वानमा २१ औँ विश्व वन सम्मेलन शुरु भएको छ । हरेक ६ वर्षमा हुने यो सम्मेलन सन् १९२६ मा पहिलोपटक इटलीको रोममा भएको थियो भने यसअघि २००९मा अर्जेन्टिनामा भएको थियो ।
सम्मेलनमा विश्वभरको वन क्षेत्रको नीतिका बारेमा छलफल, आ आफ्ना देशका वन संरक्षण व्यवस्थापन तथा अवस्थाका बारेमा अनुभव आदानप्रदान हुनेछ । साथै विश्वभरबाट आएको वनसम्बन्धी प्रस्तुतीहरुमाथि छलफल हुनेछ ।
विश्वमा रहेको वन क्षेत्रको सहि व्यवस्थापन तथा संरक्षण, जनता र नीजि क्षेत्रलाई वन क्षेत्रमा सहभागिता, वनको विकासका लागि सहि राष्ट्रिय नीतिको पहिचान लगाएत सम्मेलनका उद्देश्य छन् । सम्मेलनले प्राकृतिक श्रोतको दिगो व्यपस्थापनमा गरी रोजगारी सिर्जनामा जोड दिने सम्मेलनमा सहभागि विश्व सामुदायिक वन संजालको संयोजक घनश्याम पाण्डेले जानकारी दिनुभयो । नेपालको तर्फबाट पनि सामुदायिक वन संरक्षण व्यवस्थापनको मोडेल बारे प्रस्तुतीकरण रहेको उहाँले जानकारी दिनुभयो ।
सम्मेलनमा नेपालका सरकारी र गैरसरकारी क्षेत्रका वनकर्मीहरुको सहभागिता रहेको छ । ११ सेप्टेम्बर (भदौ २५गते) सकिने सम्मेलनले डर्बान घोषणा पत्र जारी गर्नेछ ।
प्रकाशित मिति : 3 सेप्टेम्बर 2015, बिहिवार