
काठमाणडाै – अहिले तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि पश्चिमी वायु भित्रिने र त्यसपछि मात्रै हुस्सु र कुहिरो कम हुने महाशाखाले जनाएकाे हाे ।
महाशाखाले मध्य र पश्चिमी पहाडी भूभागका केही स्थानहरुमासमेत बुधबार सामान्य हुस्सु र कुहिरो लागेको जनाएको छ ।
अहिले तराईका अधिकांश भू-भागमा हुस्सु तथा कुहिरो लागेको छ । साथै पश्चिमी पहाडी भू-भागका केही स्थानहरूमासमेत सामान्य हुस्सु लागेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।
तराईका अधिकांश भू–भागमा देखिएको कुहिरो भोलिसम्म नै रहिरहने महाशाखाकाे पूर्वानुमान छ । साथै पश्चिमी तराईका एक-दुई स्थानहरूमा शीतलहरको स्थिति देखिएको पनि महाशाखाले जनाएकाे छ ।
प्रकाशित मिति : 18 डिसेम्बर 2019, बुधवार