सिन्धुपाल्चोक – पर्यटन वर्ष २०२० लाई लक्षित गरेर सिन्धुपाल्चोकको गुफाडाँडामा राष्ट्रिय जलवायु दिवस मनाइने भएको छ । पर्यटन वर्षको प्रचार प्रसारका लागि गएको वर्ष जलवायु सम्मेलन गरेको दिन जलवायु दिवस मनाउन लागिएको हो ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा पुस १८ गते प्रथम जलवायु दिवस मनाउन लागिएको जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले जनाएको छ ।
गुफाडाँडामा गएको वर्ष जलवायु सम्मेलनले पारेको असर प्रभाव र न्यूनीकरण गर्ने उदेश्यकासाथ जलवायु सम्मेलनको आयोजना गरिएको थियो ।
प्रकाशित मिति : 26 डिसेम्बर 2019, बिहिवार