बुधबारदेखि देशका अधिकांश ठाउँमा जाडो बढ्ने

काठमाण्डाै – बुधबारदेखि देशका अधिकांश ठाउँमा जाडो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपालको पश्चिम तर्फ भारतको जम्मू–कश्मीरमाथि रहेको पश्चिमी न्यूनचापीय वायु पूर्व सरेर मंगलबार बेलुकासम्म नेपाल प्रवेश गर्ने भएकाले पश्चिम तर्फबाट जाडो बढ्दै जाने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार नेपाल प्रवेश गर्ने प्रणालीका कारण बुधबार देशको पश्चिमी उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात हुने तथा बिहीबार बेलुकीसम्म अझै सशक्त भइ देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली क्षेत्रमा समेत भारी हिमपात हुनेछ।

यो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरि बदली भइ तापक्रम घट्ने र देशैभरि चिसो बढ्नुका साथै केही स्थानमा वर्षासँगै हिमपात समेत हुनेछ ।

महाशाखाकाे सूचना हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रकाशित मिति : 31 डिसेम्बर 2019, मङ्गलवार
प्रतिक्रिया दिनुहोस