भोलिदेखि देशभर मौसम प्रभावित, फेरि वर्षा र हिमपातको सम्भावना

 

काठमाण्डाै – पश्चिमी वायुको प्रभावले फेरि देशैभरीको मौसम प्रभावित बन्ने भएको छ ।

पश्चिमी वायुको प्रभावले मध्य र सुदूर पश्चिमका उच्च पहाडी र हिमाली भेगमा हल्कादेखि मध्यम हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै पश्चिमी भू–भागका केही स्थानहरु र मध्य तथ पूर्वी भु–भागका १–२ स्थानमा हल्का वर्षाको संभावना रहेको छ ।

पश्चिमी वायुको प्रभाव मंगलबार मध्य र पूर्वी भेगमा आंशिक बुधबार देशका धेरै भागमा फैलिने महाशाखाले जनाएको छ । तर निरन्तर झरीको सम्भावना भने छैन ।

आगामी तीन दिनको मौसमी गतिविधि हेर्न यहाँ क्लीक गर्नुहोस्

प्रकाशित मिति : 28 जनवरी 2020, मङ्गलवार
प्रतिक्रिया दिनुहोस