उपत्यकामा फेरि चिसो बढ्यो

काठमाण्डौ – उपत्यकासहित देशका केही भूभागमा मौसममा सोमबार बिहान केही परिवर्तन भएको छ । आइतबारको तुलनामा सोमबार काठमाण्डौमा हल्का चिसो बढेको छ ।

आइतबार बिहानको न्यूनतम तापक्रम ५.८ डिग्री सेल्सियस रहे पनि सोमबार बिहान न्यूनतम तापक्रम ३.२ डिग्री सेल्सियसमा झरेको छ । मंगलबार यसमा अझै थपघट हुन सक्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी र पश्चिमी पहाडी भेगमा सामान्य बदली भएको छ ।

हिमाली भेगमा सामान्य बदली भएको छ । हिमपातको सम्भावना भने कम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मंगलबार मध्य र पूर्वमा हल्का वर्षा हुन सक्नेछ । अन्य क्षेत्रमा भने वर्षाको सम्भावना छैन । हाल नेपालमा उल्लेखीनीय मौसमी प्रणाली नभएको पनि महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : 3 फेब्रुअरी 2020, सोमवार
प्रतिक्रिया दिनुहोस