बाघको आक्रमणबाट युवकको मृत्यु

रौतहट, असोज १४ । रौतहटको चन्द्रपुर नगरपालिका(६ चिम्‍निटोलका २७ वर्षीय संगम भण्डारीको शव बाघले खाएको अवस्थामा फेला परेको छ । मंगलबार साँझ साथीहरुसँग घाँस काट्न भनेर जंगल गएका भण्डारी बेपत्ता भएका थिए ।

सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्ने क्रममा चारकोसे झाडीभित्र जंगलमा बाघले भण्डारीको शवलाई घिसारेर आधा खाएको अवस्थामा बुधबार फेला पारेको हो ।

गाउँकै प्रविन श्रेष्ठ र अशोक थापासहित ४ जना घाँस काट्न जंगल गएका थिए । लमाह जंगलस्थित तुरतुरे धारा नजिक संगम अचानक हराएका थिए । त्यसपछि राति थापा र श्रेष्ठसहित १४र१५ जना गाउँले खोज्‍न गएका थिए । संगम हराएकै स्थानमा खोज्‍न गएको टोलीमाथि राति करिब ९ बजे बाघले अचानक आक्रमण गरेको थियो ।

प्रकाशित मिति : 30 सेप्टेम्बर 2020, बुधवार
प्रतिक्रिया दिनुहोस