पाल्पामा स्थानीय वन ऐनबारे छलफल

पाल्पा । सामुदायिक वन उपभोक्ता माहासंघ तिनाउ गाउँपालिका, पाल्पाको आयोजनामा वन व्यपस्थापन तथा वातावरण क्षेत्रमा समुदायको सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया सम्पन्न भएको छ । त्यस अवसरमा स्थानीय वन ऐन निर्माण बारे पनि छलफल भएको थियो ।

बक्ताहरूले समुदायको हित र सामुदायिक वनको विकासमा मद्दत पुग्ने गरि स्थानीय तहले वन ऐन बनाउनुपर्नेमा जोडदिनु भएको थियो । अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथीका रूपमा तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले वन ऐन बनाउदा स्थानीय उपभोक्ताको हित हुने गरअं बनाउने बाचा गर्नुभयो ।

यस्तै विशिष्ठ अतिथी सामुदायिक वन उपभोक्ता महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, प्रदेश सदस्य कल्पना भण्डारी,जिल्ला महासंघका सदस्य टिकाराम पोखरेल, तिनाउ वन डिभिजन प्रमुख लगायतले सम्बोधन गर्दै सामुदायिक वन र उपभोक्ताको अधिकार बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रम जिल्ला महासंघका कोषाध्यक्ष लक्ष्मी ज्ञवालीले सञ्चालन गर्नुभएको थियो भने अध्यक्षता तिनाउ गाउँपालिका महासंघका अध्यक्ष गोबिन्द पान्डेले गर्नु भएको थियो ।

प्रकाशित मिति : 8 फेब्रुअरी 2021, सोमवार
प्रतिक्रिया दिनुहोस