फेकोफन सचिवालयले पायो पूर्णता!!!

काठमाण्डोै । सामुदायिक वन उपभोक्ता महासंघ नेपालको राष्ट्रिय कार्यसमितिको सचिवालयले पुर्णता पाएको छ ।
महासंघको कार्यालय भक्तपुरमा बिहिबार भएको निर्वाचनबाट छ जना सचिवालय सदस्यहरू निर्वाचित हुनुभएको हो ।
निर्वाचित हुनुहुनेहरूमा मोहमद कर खाँ, शान्ता न्योैपाने, भरत घले, नेत्र खनाल,डोलकुमारी सापकोटा र सविना राई रहनुभएको छ । पाँचजना पदाधिकारी र समावेशी अाधारमा छ सदस्य निर्वाचित भएपछि महासंघको सचिवालय ११ सदस्यीय बनेको छ ।
सचिवालय गठनको निर्वाचनको संयोजन कानुनी सल्लाहकार दिलराज खनालले गर्नुभएको थियो । सचिवालयको पुर्णतासंगै महासंघका काम कारवाहीले अब अझ बढी गति लिने सचिव ठाकुर भण्डारीले दिनुभयो ।

प्रकाशित मिति : 5 मार्च 2021, शुक्रवार
प्रतिक्रिया दिनुहोस