सरकारले उपभोक्ताका अधिकार कुण्ठित गरेको छ-महासचिव शाही

खोटाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका महासचिव विर्खबहादुर शाहीले उपभोक्ताका अधिकार कुण्ठित गरेर सरकारले वन पैदावार निकाल्न रोकेकोले अान्दोलनमा जानुपर्ने अवस्था अाएको बताउनुभएको छ ।

फेकोफन खोटाङ जिल्ला महासघको आयोजनामा स्थानीय महासंघ तथा सामुदायिक वन उपभोक्ता समूह परिचालन बिषयक छलफल कार्यक्रम महासचिव शाहीले बैज्ञानिक वन व्यवस्थापन कार्यविधि सरकारले खारेज गरेपनि पुर्ण कार्यान्वयन नगरेको बताउनुभयो ।

उहांले वनमा कानुन अनुसार निकालिएका र विगतमा घाटगद्दी गरेर राखेका काठ समेत निकाल्न रोकेर सरकारले गलत गरेको बताउनुभयो ।

प्रकाशित मिति : 4 अप्रिल 2021, आइतवार
प्रतिक्रिया दिनुहोस