
बुटवल । रूपन्देहीको सैनामैना नगरपालिकामा रहेकाे पर्राेहा सामुदायिक बन उपभोक्ता समुहले कोरोना महामारी नियन्त्रणको अभियानमा अार्थिक सहयोग गरेको छ ।
समुहको तर्फबाट काेभिड १९ बिरुद्धकाे लडाइँमा राहत स्वरुप सैनामैना नगरपालिकामा रहेकाे काेभिड अस्पतालकाे लागि स्वास्थ्य सामाग्री खरिद गर्न सहयोग पुगोस भनेर रू १ लाख ३० हजार प्रदान गरेको हो ।
उक्त रकम सैनामैना नगरपलिकाका प्रमुख चित्र बहादुर कार्कीलाई पर्राेहा सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष गोपाल आचार्यले हस्तान्तरण गर्नुभएको हो ।
सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रीय नीति अनुसार हरेक जिल्ला स्तरबाट पनि कोभिड नियन्त्रणमा सहयोग भैरहेको छ ।
महासंघले दशैभरबाट सक्दो सहयोग गरिरहेको केन्द्रीय सचिव ठाकुर भण्डारीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : 13 मे 2021, बिहिवार