फेकोफनद्धारा उपभोक्तालाई घरघरमै पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । कैलालीको लम्किचुहा नगरपालिकास्थित मोहनलाल सामुदायिक वनले कोरोना महामारीको जोखिमबाट बच्न उपभोक्ताहरुलाई घरघरमै पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण अभियान चलाएको छ ।

महामारीको उच्चजोखिमको बेला त्रसित उपभोक्ताहरुलाई आत्मबल बढाउन कोरोना सुरक्षा सामाग्री उपलब्ध गराउन सामुदायिक वनको २, ५ र ७ नम्वरमा वनका पदाधिकारीहरु जोखिम उठाउदै घर घरमा गै प्रति घर १० पिस मास्क, साबुन १ र सेनिटाइजर १ थान बितरण गर्ने अभियान चलाएका हुन् । उक्त कार्यका ालगि सहज युवा क्लब र चुलिमालिका साहित्यक युबा क्लबले सघाएको छ । सामुदायिक वनले क्लवका युवाहरु प्रत िहार्दिक आभार व्यक्त गरेको छ । उपभोक्ता समुहले अबको २ हप्ता अति जोखिम भएकालेले घरमै सुरक्षित बस्न पनि सबैलाई आग्रह गरेको टेक थापाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : 16 मे 2021, आइतवार
प्रतिक्रिया दिनुहोस