वन फडानी, चोरी निकासी र अतिक्रमण जस्ता घटनाहरु रोक्न फेकोफनको आग्रह

काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ, नेपालले देशको विषम परिस्थितिको मौका छोपेर प्राकृतिक श्रोत वन क्षेत्रमा विभिन्न खाले वन फडानी र चोरी निकासी तथा वन क्षेत्र अतिक्रमण जस्ता घटनाहरु हुन थालेका समाचारहरु आइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

महासंघका अध्यक्ष ठाकुर भण्डारीद्वारा जारी विज्ञप्तिमा वन पैदावार फडानी, चोरी निकासी तथा अतिक्रमण गर्नेहरुबाट जोगाउन तथा शान्ति सुरक्षा कायम गर्नको लागि देशभर रहेका सामुदायिक वन उपभोक्ता समुहरुलाई अनुरोध गरिएको छ ।

विज्ञप्तिमा वन कार्यालय, जेन-जेड, सुरक्षा निकाय, नागरिक संगठनहरु सबैमा हार्दिक अनुरोध समेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ- काठमाडौ लगायत देशका विभिन्न ठाउँमा जेन-जेडले गरेको आन्दोलनको क्रममा देशमा ठूलो मात्रामा जनधनको क्षति भएको छ । उक्त घटनाले सामुदायिक वन उपभोक्ता महासंघ नेपाललाई अत्यान्तै दुःखी र मर्माहत बनाएको छ ।

महासंघले आन्दोलनका क्रममा मृत्युहुनेहरु प्रति श्रद्धान्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना तथा घाईतेहरुको सिघ्र स्वस्थ्यलाभको कामना गरेको छ ।

मृतकको , परिवारहरुलाई उचित राहत र घाईतेहरुलाई निःशुल्क स्वस्थ्य उपचारको व्यवस्था गर्न नेपाल सरकारसंग हार्दिक अपिल समेत महासंघले गरेको छ ।

विज्ञप्तिमा जेन – जेडले उठाएका उचित मागहरु सम्बोधन गरी देशलाई छिटो भन्दा छिटो निकास दिन समेत हार्दिक अपिल पनि गरिएको छ ।

प्रकाशित मिति : 13 सेप्टेम्बर 2025, शनिवार
प्रतिक्रिया दिनुहोस